Aamsanchar

अर्जुनधाराको विन्ध्यावासिनी सिंहदेवीमा चौंथो धार्मिक अनुष्ठान हुने

Author Image
शुक्रवार, चैत २७, २०७७

चारपाने । झापाको अर्जुनधारा–४ भाङबारी स्थित श्री विन्ध्यावासिनी सिंहदेवी मन्दिरमा शिव महापुराण आयोजना हुने भएको छ ।

नौ दिने महायज्ञ यही चैत्र २९ गते बाट सुरु भई बैशाख ८ गते राम नवमीका दिन समापन गरिने आज मन्दिर परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीले जानकारी दिए ।

करिव एकसय बर्ष भन्दा पुरानो देवीथानलाई मन्दिरमा परिणत गर्दै अन्य भौतिक सुविधा निर्माण र विकास गर्ने उदेश्यले विगतका बर्षहरुमा पनि आयोजना हुदै आएको धार्मिक अनुष्ठान यस बर्ष पनि आयोजना गर्न लागिएको हो ।

स्थानिय आदिवासी, जनजाती, दलित, बाहुन, क्षेत्रीका समुदायको आस्थाको रुपमा स्थापित यस देविथान (मन्दिर) धार्मिक र पर्यटकिय स्थलले रमणिय रहेको छ ।

एक सय बर्ष अगाडी ठुलो सिमलको फेदमा स्थापना गरिएको देवीथानमा हरेक बर्ष उधौली र उभौलीमा विशेष पुजाआजा गरिदै आएको स्थानिय अग्रज वृद्धिचन दनुवारले बताए ।
दुईदिन पछिबाट सुरुहुने पुराणमा आचार्य पंण्डित होमनाथ खानालको प्रमुख वाचक र कृष्ण चापागाँई उपबाचक रहने पत्रकार भेटघाटमा बताईएको छ ।

राधाकृष्ण मन्दिर निर्माण, अक्षयकोष स्थापना धान्यचल, भूमिदान लगायतका कार्यक्रमहरु मुल समितिले अघि सारेको छ । चौथो पटक आयोजना हुने महायज्ञमा जयनारायण ढुङगानाको प्रमुख आथित्यता र अर्जुनधारा नगरपालिका नगर प्रमुख हरिकुमार रानाको विशेष आथित्यता रहने आयोजकले जनाएको छ ।

महापुराण सम्पन्न गर्न समिति अन्र्तगत आठ वटा उपसमिति गठन गरिएको सचिव प्रेमबहादुर कार्कीले बताए । जस अनुसार सुरक्षा उपसमितिको संयोजकमा भीष्मप्रसाद शिवाकोटी र श्यामलाल दनुवार, दाता समन्वय उपसमितिको संयोजकमा केशव गुरागाईं, प्रचार प्रसार उपसमितिको संयोजकमा होमप्रकाश अधिकारी, आर्थिक उपसमितिको संयोजकमा योगराज पराजुली, गल्ला परिचालन उपसमितिको संयोजकमा मनोरथ शिवाकोटी, खाद्य उपसमितिको संयोजकमा गोपाल राउत, मण्डप व्यवस्थापन उपसमितिको संयोजकमा खगेन्द्र पराजुली र भजन मण्डली उपसमितिको संयोजकमा प्रेमबहादुर कार्की चयन भएका छन् ।

उक्त महापुराण सम्पन्न गर्न अनुमानित चार लाख रुपैयाँ खर्च हुने बताइएको छ । हाल पोखरीसहित सात कठ्ठा क्षेत्रफलमा रहेको दुईवटा मन्दिर र भव्य हल निर्माण गरिएको छ । मन्दिर समितिले अबका दिनमा अझै भौतिक विकास गरेर एक भव्य र शुन्दर क्षेत्र बनाउन लागि परेको जनाएको छ ।
मन्दिर परिसरमा आगामी दिनमा गुरुयोजना तयार गरी नवनिर्मित योगमायाको मन्दिरमा देवी योगमायाको प्रतिमा स्थापना, कृष्ण सरोवर कालिया दहनमा कृष्णको मूर्ती निर्माण, विन्ध्याचल पर्वत निर्माण, राधाकृष्ण मन्दिरको निर्माण, अक्षयकोषको स्थापनालगायतका कार्यहरु गर्ने लक्ष्य समितिको रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर