गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो ।
संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको एक-एक गोलको बराबारी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो ।
ट्राइब्रेकरमा भारतको तर्फबाट सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए ।
रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले मात्र गोल गरे । आशिष गुरूङ्गको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए भने अजित गुरूङ्गले गरेको प्रहार पोसमा लागेर बाहिरिएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 222