Aamsanchar

सोमबारे औंशीको महात्मय अनि महत्व

Author Image
सोमवार, चैत ३०, २०७७

सोमबारे औंशीको एउटा प्रसंग गएर बिसं १९९० सालको माघ २ गतेको महाभुकम्पसंग गएर ठोकिन्छ, आउनुहोस् आज बिसं १९९० को महाभुकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औंशीको सन्दर्भ जोडौं । बिसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टरस्केलको भुकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औंशी परेको थियो । त्यस दिन सोमबारे औंसी थियो। अनि त्यस दिन बेलुका मकरराशिमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, शनि र राहु एउटै राशिमा थिए।

आज पनि सोमबारे औंसी हो। महाभुकम्प पछि सोमबारे औंशीलाई त्रास अनि भयका साथ पनि हेरिन थाल्यो, तर त्यसो हैन, सोमबारे औंशीको महात्मय अनि महत्व शदियौं देखि अविछिन्न अनि अटुट छ ।

यो पर्व स्नान या भनौ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्टलमा टाढा टाढाबाट भक्तजनहरु धाउने गर्दछन। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन ूसोमबारे औंशीूको दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात सोमबारे

औंशीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।

पौराणिक कालमा सोमबारे औंशी अत्यन्त कम पर्दथ्यो तर सुस्तरि कलीयूगको शुरुवात संगै धर्तिमा सोमबारे औंशीका तिथिहरु बढ्दो पर्न थाल्यो । कलीयूगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औंशीहरु परेको बताइन्छ । ल है यस सोमबारे औंशीमा धर्म अनि उदारताका लागि के गर्ने, सोच्नुभएको छ नि रु

जुन सोमबारको दिन औंशी पर्दछ त्यहि दिनलाई सोमबारे औंशी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औंशी। तर सोमवार र औंशी मात्रको संयोग भने कहिलेकाहि मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औंशी पर्दछ।

हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजी मै समर्पित छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर