Aamsanchar

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस

Author Image
सोमवार, चैत ३०, २०७७

आज भन्दा लगभग ६० वर्ष अगाडिको हो । अन्तरिक्षयात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । सन् २०११ को अप्रिल ७ को संयूक्त राष्ट्र संघको महासभाको ६५औं संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रुपमा मनाउने निर्णय सदर गरेको हो ।

रुसले यस दिवसलाई कसमेनोटिक्स डे का रुपमा मनाउँदछ भनें पूर्व सोभियतसंघका कतिपय राज्य र ठाँउहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर मनाउने चलन पनि छ ।

आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर गरेको छ । नेपालका हकमा यस वर्षको अन्तरिक्ष मानव विमान दिवसले नौलो महत्व बोकेको छ । यसै वर्ष नेपालका विधार्थीहरु मिलेर गरुडा नामक नेपाली रकेटको प्रक्षेपण जाँच सफल पनि भएको छ । यस रेकटको प्रक्षेपण अनि विकासका उपलव्धीहरु सहित नेपाली वैज्ञानीकका समुह अमेरिकामा हुने स्पेसस्पोर्ट अमेरिका कपमा पनि सहभागी हुनेछन् ।

आकाश पन्चतत्वमध्य एक विशाल अनि अन्वेषण गरिन बाँकी एउटा तत्व हो । आकाश अनि अन्तरिक्षले मानवको मष्तिष्कमा धेरै कोतुहलता र प्रश्नहरु उत्पन्न गरेको छ । चन्द्र छुने ईच्छा, आकाश टेक्ने अनि बादलहरु माथिको कौतुहलता र तारापुञ्जहरुका चलायमानताका सुत्रहरु, मानवले सँधै खोजिनैरहेको हुन्छ ।

यसै गरि अन्तरिक्ष पनि एउटा रहस्य र अन्वेषण गरिन बाँकी हिस्सा हो । विज्ञान र प्रविधीको सहायताले मानव आज मंगल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरुको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । थप धेरै कुराहरु गरिन बाँकी छ । आजको दिनले मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलव्धीहरुको चर्चाका साथै चुनौतिहरुको समीक्षा पनि गर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 637

प्रतिक्रिया (०)

सम्बन्धित खबर