Aamsanchar

भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि

Author Image
सोमवार, चैत ३०, २०७७

विराटनगर- भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी ४५ वर्षीय महिलाको एन्डीजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणा देखिएको हो । ती महिला उदयपुरको त्रियुगा नगरपालिका-७ की बासिन्दा हुन् ।

भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी उनको रानीस्थित ‘हेल्थ डेस्क’ मा खटिएका स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गरेका थिए । महिलामा कोरोना पुष्टि भएको विषयमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा जानकारी गराइएको विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले बताए । भारतबाट आउने कोरोना संक्रमित महिलामा नयाँ भेरियन्टको आशंका गरिएको छ । तर यकिन भइसकेको छैन ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण दर उच्च छ । नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ पनि भारतसँगै जोडिएपछि कोरोना फैलने जोखिम बढेको कार्कीले बताए । भारतको जोगवनीबाट विराटनगरको रानी नाका हुँदै आइतबार पाँच महिला र १४ पुरुष गरेर १९ जना नेपाल भित्रिएका थिए । तीमध्ये एक महिलामा संक्रमण पुष्टि भएको हो । चैत महिनामा तीन सय ४९ जना आवश्यक प्रक्रिया पूरा गरेर भारतबाट नेपाल भित्रिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर