Aamsanchar

आफैँले सल्काएको आगोमा जलेर मिक्लाजुङकी १ महिलाको मृत्यु

Author Image
सोमवार, चैत ३०, २०७७

फिदिम – पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ कुरुम्बाकी ६० वर्षीया राधादेवी राईको आगोले जलेर मृत्यु भएको छ । घरदेखि करिब दुई किलोमिटर टाढा रहेको बारीमा थुपारेर राखेको अम्रिसोको थुप्रोमा सल्किएको आगोमा परी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर डरम्बर विश्वकर्माले जानकारी दिए ।

मृतक राईको मानसिक अवस्था ठिक नभएको बताइएको छ । आइतबार बिहान छ बजेबाट घरमा नभएकी राईलाई दिउँसो करिब एक बजेतिर परिवारका सदस्यले मृत अवस्थामा फेला पारेका थिए । थुपारेर राखेको अम्रिसोको थुप्रोमा राई आफैँले आगो सल्काएर जलेको हुनसक्ने प्रहरीको अनुमान छ । यसअघि पनि राईले पटक पटक आत्महत्या गर्न खोजेको परिवारले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर