Aamsanchar

झापाका एक जना कोरोना संक्रमित पुरुषको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु

Author Image
सोमवार, चैत ३०, २०७७

विराटनगर – विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापा दमक घर भएका ९२ वर्षीय पुरुषको विराटनगर स्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुने यी दोस्रो संक्रमित हुन् । यस अघि पनि झापामा नै एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

मृत्यु भएका बृद्धलाई कोरोना संक्रमण भएपछि गत २५ गते अस्पतालमा भर्ना गरिएको थियो । घरकै परिवारलाई संक्रमण भएपछि उनीसहित उनका अन्य चारजना आफन्त पनि अस्पताल भर्ना भएका थिए । सुगरका समेत बिरामी रहेका वृद्धको उपचारका क्रममा गएराती १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन एपोलो भगतले बताए । वृद्धको शव राती नै आफन्तको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर