Aamsanchar

घरमा वाइरिङ गर्ने क्रममा करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु

Author Image
सोमवार, चैत ३०, २०७७

विराटनगर –घरमा वाइरिङ गर्ने क्रममा करेन्ट लागेर मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर आइतबार साँझ एकजनाको ज्यान गएको छ । सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँका २६ वर्षीय विनोद घिमिरेको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार साँझतिर छिमेकीको घरमा बिजुलीको वाइरिङ गरिरहेका बेला करेन्ट लागेर घिमिरे गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिएको छ । डीएसपी राईले वाइरिङ लगायत बिजुलीको काम गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । लापरबाहीपूर्ण तरिकाले बिजुलीको काम गर्दा करेन्ट लागेर मानवीय क्षति बेहोर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)