Aamsanchar

करेन्ट लागेर हेटौँडामा श्रीमान श्रीमतीको मृत्यु

Author Image
सोमवार, चैत ३०, २०७७

मकवानपुर –हेटौँडामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हेटौँडा उपमहानगरपालिका-९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो

उनीहरुलाई घरमा रहेको तारलाई फलामको डण्डीले उठाउन खोज्दा थ्री फेस लाइनमा फलामले छुन पुगी करेन्ट लागेको हो । दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारको क्रममा ज्यान गएको हो । हेटौँडा अस्पतालका डाक्टरले उनीहरुलाई मृत घोषणा गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर