काठमाडौं-दोलखामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
उनका अनुसार १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ७ जनाको दोलखामै र ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ । गए राति साढे १० बजे दुर्घटना भएको हो । “ओभर लोडका कारण दुर्घटना भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको गाडी ट्रनिङ काट्न नसक्दा दुर्घटना भएको हो,” प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 188