Aamsanchar

ट्रयाक्टरबाट खस्दा एक बालकको मृत्यु

Author Image
मङ्गलवार, चैत ३१, २०७७

गोरखा –सहिद लखन गाउँपालिका-९ नाम्जुङको छेलाङेमा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ। मंगलबार बिहानी कक्षा पढेर विद्यालयबाट घर फर्केका १३ वर्षीय विवश ढकालको मृत्यु भएको हो। ढकाल नाम्जुङको सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए। घैरुङबाट नाम्जुङतर्फ आइरहेको ग १ त ४५८२ नम्बरको ट्रयाक्टरमा चढेर घर फर्किँदै गर्दा खसेर उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए।

प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर