Aamsanchar

विराट गोल्डकपको सेमिफाइनलमा रारा गोल्डकप बिजेता टिम

Author Image
मङ्गलवार, चैत ३१, २०७७

विराटनगर। पोखरामा सम्पन्न आहा–रारा गोल्डकपका बिजेता संकटा व्याइज स्पोटिङ्ग क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पंजावले सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २– ० गोल र गोरखा ब्वाइज क्लब रुपेन्देहीलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो । फाइनल यात्राको लागि बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बिच बुधबार प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३–० ले र भारतको युनिाइटेड सिकिम फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले चिरप्रतिद्धोन्द्धी विभागीय टिमलाई २– ० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले । विराट गोल्डकपको पूर्व बिजेता संकटाले खेलको ६१ औं मिनेटमा गणेश हमालले गरेको गोल टिमको जितका लागि निर्णायक बन्यो । संकटाका विदेशी खेलाडी ओडी गोल्रीले क्रस साइटदेखि निकालिएको पास गणेशले हेडमार्फत जाली चुमाए ।

पहिलो गोल खाएपछि दबाबमा परेको क्यामरुनले खेल बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । पोखरामा सम्पन्न भएको आरा रारा गोल्डकपमा हार व्यवहोरेपछि विराट गोल्डकपमा बदला लिने क्यामरुनको रणनीति पनि बिफल भयो । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा क्यामरुन दोस्रो हाफमा १–० ले पछि प¥यो । खेलको पहिलो हाफमा क्यामरुनको लागि निकै संघर्षपूर्ण बन्यो । क्यामरुनले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको १३ औं मिनेटमा क्यामरुनका खेलाडी बासेकले पेलान्टी एरियादेखि गरेको प्रहार संकटाका गोलकिपर राजुबाबु थापाले उत्कृष्ट बचाउ गरिदिए । संकटाका विष्णु सुनवारले खेलको २६ औं मिनेटमा डिबक्स भित्रदेखि गरेको प्रहार क्यामरुनको गोलरक्षक डिए स्यालबियोे बाधक बने । ३९ औं मिनेटमा संकटाका ओडे ग्लोरीले गरेको सशत्त प्रहार बाहिरिदा गोल हुन सकेन । खेलको ४५ औं मिनेटमा क्यामरुनका खेलाडी बसेकले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो ।

दोस्रो हाफपछि आक्रमक भएको क्यामरुनले खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ५८ औं मिनेटमा क्यामरुनको माफोमाले गरेको कडा प्रहार क्यामरुनको गोलरक्षक राजुबावले बिफल पारिदिए । खेलको ८९ औं मिनेटमा क्यामरुनका फ्बराईसले पेलान्टी एरियादेखि गरेको प्रहार बाहिरिदा पाहुना टोली बाहिर बाध्य भयो ।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

१९ औं आहा–रारा गोल्डकपको फाइनलमा क्यामरुनलाई ४–२ ले पराजित गर्दै संकटाले सिजनकै पहिलो उपाधि उचालेको थियो ।

जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा जित हासिल भएको बताए । यता क्यामरुकनका प्रशिक्षक सरजेल बोरीसले केही राम्रो खेलाडी पोखरामा छुटदा हार भएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर