Aamsanchar

एमसीसी सम्बन्धी प्रतिवेदन संसदबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै प्रधानमन्त्रीले जनाए असन्तुष्टि

Author Image
बुधवार, वैशाख १, २०७८

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्बन्धी प्रतिवेदन संसदबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मीलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रतिवेदन सरकारले टेबुल गरिसकेकोले प्रतिवेदन रोक्न नपाइने बताउनुभयो । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार भएको समयमा सम्झौता भएको एमसीसी परियोजनालाई सदनमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो ।

सम्झौता गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग हुँदैनहुने भन्दै उहाँले त्यसलाई कुनै पनि हालतमा प्रस्तुत गर्नैपर्ने बताउनुभयो । संसद अधिवेशन सुरु भएको पहिलो दिन प्रस्तुत गर्नु पर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर