मोरङ — चालु आर्थिक वर्षको ९ महिनामा प्रदेश १ का मात्रै ट्र्याक्टर दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्यांकअनुसार चालु आवको चैतसम्म भएका १३ सय २२ दुर्घटनामा ३ सय ३२ जनाको मृत्यु भएको छ ।
जसमध्ये ट्र्याक्टर दुर्घटनामा मात्रै ७५ जनाको मृत्यु भएको हो । गत आवमा १२ सय ९८ दुर्घटना भएकोमा ३ सय ७३ जनाको मृत्यु भएको थियो । कृषि प्रयोजनका लागि आयात गरिएका ट्र्याक्टर निर्माण सामग्रीलगायतको ढुवानीमा प्रयोग गर्दा अनावश्यक भारले दुर्घटना हुने गरेको प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए ।
ग्रामीण भेगमा ट्र्याक्टरमा यात्रुसमेत ओसारिने भएकाले दुर्घटना हुँदा मानवीय क्षति हुने गरेको उनको भनाइ छ । त्यस्ता ट्र्याक्टरलाई नियमित जाँच गरी कारबाहीको दायरामा ल्याइरहेको उनले बताए
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 288