Aamsanchar

कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको प्रकरणमा अनुसन्धान सुरु

Author Image
बुधवार, वैशाख १, २०७८

काठमाडौं – कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । काभ्रेपलाञ्चोकको धुलिखेल–४, २८ किलोमा कुकुरलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले १८ चैतमा भएको घटनाबारे जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अनुसन्धान गरिरहेको बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा ८ वर्षको बालकलाई कुकुरले टोकेपछि दुईजनाले कोदालो र फलामको रडले टाउकोमा प्रहार गरेको देखिएको छ । घटनापछि पशु अधिकारकर्मीले बच्चाको घरमा समेत तोडफोड गरेको पाइएको काभ्रे प्रहरीले जनाएको छ ।

त्यसैले दुवै पक्षविरुद्ध मुद्दा चलाउने प्रहरी तयारी छ । पशु अधिकारकर्मीहरुले कुकुर मार्नेविरुद्ध कारबाही गर्न भन्दै बुधबार माइतीघरमा प्रदर्शनसमेत गरेका छन् । कुकरको हत्या भएको भन्दै २९ चैतमा नेशनल एनिमल रिसर्च सेन्टरले प्रहरीमा जाहेरी दिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर