काठमाडौं-बेलायतमा पत्ता लागेको भेरियन्ट नेपालमा फैलिरहेको सरकारी विज्ञले बताएका छन्। इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्ण पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्। उनका अनुसार यो भाइरस बढि ३१ वर्षदेखि ४० वर्षका व्यक्तिलाई देखिएको छ। ‘यो भेरियन्ट चौतर्फि फैलिरहेको संक्रमणदरले देखाएको छ,’उनले भने,’ललितपुर जिल्लाका एक जनामा यो भाइरस पत्ता लागेको छ। सबै सचेत बनौं,सार्वजनिक ठाउँमा भिडभाड नगरौं।’
जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग,धुलिखेल अस्पतालका निर्देशक डा।विराजमान कर्माचार्यले पिसिआर परीक्षणदर बढाएमा अझै कोरोना संक्रमणदर बढ्ने बताए। ‘छिमेकी मुलुक भारतमा बढ्दै गएको संक्रमणदरलाई हेर्दा नेपाल अझै भयावह हुने निश्चित छ,’उनले भने,‘अहिले नेपालमा बेलायती प्रजातीको भेरियन्ट फेला परेको छ।ु