झापा- दूधे स्थित पूर्वपश्चिम राजमार्गमा विहीबार एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान ४ बजे शिवसताक्षी नगरपालिका–११, दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रत भई दुर्घट्ना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका–७ बस्ने २० वर्षीय उत्सव घिमिरे र सोही एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भई उपचारका लागि दुवै जनालाई बितौमोडको वीएण्डसी अस्पताल लादै गर्दा चालकको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । अर्का गम्भीर घाइते तामाङको सोहि अस्पतालमा उपचार भईरहेको र एम्बुलेन्स झिलझिले प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 213