Aamsanchar

पूर्वराजा ज्ञानेन्द्र शाहले गङ्गास्नान गरेको कुम्भमेलामा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोना पुष्टि

Author Image
बिहिवार, वैशाख २, २०७८

काठमाण्डाै – कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई महिनासम्म चल्ने मेलाको एउटा मुहूर्तमा अस्ति ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौँ मानिसले हिजो पनि गङ्गा नदीमा स्नान गरेका अधिकारीले बताएका छन् ।

भारतमा दैनिक कोरोना भाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन् । भारतमा कोरोना महामारी सुरु भएपछि हिजो अहिलेसम्मकै सबै दैनिक सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा झण्डै दुई लाख जना सङ्क्रमित भएका छन् ।

महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला कुम्भमेला आयोजना गर्न दिइएको भन्दै आलोचना भइरहेको छ । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मङ्गलवार गङ्गास्नान गर्नु भएको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर