Aamsanchar

बिर्तामोडमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

Author Image
शुक्रवार, वैशाख ३, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ हुने भएको छ ।

वैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात वटा प्रदेश , तीन वटा विभागीय टिम र आयोजक टिमीले सहभागीता जनाउने बीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए।

शुक्रवार झापाको बिर्तामोडस्थित जेसीजको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको विषयमा जानकारी दिँदै तौल समूहका आधारमा ६ वटा पुरुष समूह र ४ वटा महिला समूह गरी १० वटा तौल समूहबीच प्रतिष्पर्धा हुने खेल संयोजक दिपेन धिमालले बताए।

प्रतियोगितामा खेलाडी सहित एक सय ५० भन्दा बढीको सहभागीता रहेने बताइएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ बिर्तामोडस्थित मेहरमानस्मृति प्रतिष्ठानको कवडहलमा प्रतियोगिताको आयोजना गर्न लागिएको बीरता जेसीजका महासचिव एलसी श्रेष्ठले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न १९ लाख २५ हजार रुपैयाँको लागत अनुमान गरिएको छ । प्रतियोगिताका विजयीले मेडल, ट्रफी,मायाको चिनो तथा प्रमाणपत्र सहित एक लाख रुपैयाँ नगद हात पार्ने छन् । आठौं सगबाट तेक्वान्दो खेलले सागमा प्रवेश पाएको थियो ।

आठौं दक्षिण एशियाली खेलकुद सागमा नेपालले १४ वटा स्वर्ण पदक जितेर ‘क्लिन स्विप’ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । तेक्वान्दोले नवौंमा ६ स्वर्ण, १० मा २ स्वर्ण र ११ औं संस्करणमा दुई वटा स्वर्ण जित्न सफल भएको थियो ।

तेक्वान्दो खेल प्रति खेलाडीको उत्साह बढ्दै गएपछि झापामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोजिता गर्न लागिएको बताइएको छ । कोरोनाको संक्रमण वढ्दै गएमा प्रतियोगिताको तालिका हेरफेर हुन सक्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर