Aamsanchar

भाउजुको हत्या गरी एक युवकद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

Author Image
आइतवार, वैशाख ५, २०७८

काठमाडौं-भाउजुको हत्या गरी एक युवकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीले शनिबार ४८ वर्षीया रोशनी राजभण्डारीको हत्या गरी महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर आत्मसमर्पण गरेका हुन्।

प्रहरीका अनुसार मोहनले काठमाडौं-१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई फलामको खन्तीले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर