Aamsanchar

बोक्सी आरोपमा महिलालाई कुटपिट मलमूत्र कोच्याएको आरोपमा उनकै भतिजा पक्राउ

Author Image
आइतवार, वैशाख ५, २०७८

सिरहा –सिराहामा बोक्सी आरोपमा महिलालाई कुटपिट गरी यातना दिइएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । औरही गाउँपालिका–५ की ५० वर्षीय हिरादेवी साहलाई बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्याएको आरोपमा २९ वर्षीय घुरन साहलाई प्रहरीले पक्राउ गरेको हो । घुरन हिरादेवीका आफ्नै भतिजा हुन् । घटनाको विषयमा आधिकारीक जानकारी वा उजुरी नआएको भन्दै पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राजभण्डारीले जानकारी दिए । उनले भने, ‘हामीले पीडितलाई यही झिकाएर जानकारी लिँदैछौं, त्यसपछिमात्र घटनाबारे केही भन्न सकिन्छ ।’

यता, पीडित हिरादेवीले गाईलाई टुना गरेर मारेको आरोपमा जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएका आरोप लगाएकी छन् । भतिज घुरनले कुटपिट गर्दै भुइँमा लडाएपछि बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र मुखमा कोचेको उनले बताइन् ।हीरादेवीका श्रीमान् रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरीसहित घरमा बस्दै आएकी छन् । दुई छोरी र एक छोरामध्ये जेठी छोरी मात्र घरमा भएको मौका पारी आफूमाथि अमानवीय काम गरेको भन्दै उनले दोषीलाई कारबाहीको माग गरेकी छन् । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर