Aamsanchar

झापामा राष्ट्रपति रनिङ सिल्डको प्रथम उपाधी भद्रपुरलाई

Author Image
आइतवार, वैशाख ५, २०७८

बिर्तामोड । झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ ।

आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जितेको हो । त्यस्तै, एथ्लेटिक्समा ३ र उसुमा २ रजत जितेको छ । एथ्लेटिक्समा ४, तेक्वान्दो र उसुमा १÷१ कास्य जितेको छ ।

दोस्रो हुने अर्जुनधाराले ८ स्वर्ण, १० रजत र ६ कास्य पदक जितेको छ । एथ्लेटिक्समा ३, तेक्वान्दोमा ३ र उसुमा २ स्वर्ण जितेको छ । एथ्लेटिक्समा १, करातेमा २, तेक्वान्दोमा ३ र उसुमा ४ रजत जितेको छ । एथ्लेटिक्समा १, करातेमा १ र तेक्वान्दोमा २ र उसुमा २ कास्य जितेको छ ।

तेस्रो भएको मेचीनगरले ५ स्वर्ण, ७ रजत र ११ कास्य पदक जितेको छ । एथ्लेटिक्समा २, करातेमा २ र तेक्वान्दोमा १ स्वर्ण जितेको हो । एथ्लेटिक्समा ३, भलिबलमा १, तेक्वान्दोमा ३ रजत जितेको छ । एथ्लेटिक्समा ४, करातेमा १, तेक्वान्दोमा ६ कास्य जितेको छ ।

यसैबीच, दमकले ५ स्वर्ण, ३ रजत र २ कास्य जितेको छ भने शिवसताक्षीले ५ स्वर्ण, २ रजत र ३ कास्य जितेको छ । कमलले ५ स्वर्ण, २ रजत र १ कास्य, बिर्तामोडले ३ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ ।

कनकाईले १ स्वर्ण, ५ रजत र ३ कास्य, बाह्रदशीले १ स्वर्ण, ४ रजत र ६ कास्य, गौरादहले १ स्वर्ण र २ कास्य, कचनकवलले १ रजत र १ कास्य, बुद्धशान्तिले १ रजत र ५ कास्य, हल्दिबारीले १ रजत र ३ कास्य, गौरीगञ्जले १ रजत र १ कास्य जितेको छ । झापा गाउँपालिकाले एउटा पनि पदक जित्न सकेन ।

झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट छानिएर आएका खेलाडीले जिल्लाको छनोट प्रतियोगितामा भाग लिएका थिए । राष्ट्रपति रनिङ शिल्डमा विभिन्न ६ विधामा प्रतिस्पर्धा भएको झापा जिल्ला खेलकुद विका िसमितिका प्रमुख टहल मैनालीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर