Aamsanchar

मदरसाका विद्यार्थीले पाए कम्प्युटर तथा शैक्षिक सामग्री

Author Image
मङ्गलवार, वैशाख ७, २०७८

वेलौतीवारी ।  झापा गाउँपालिकाको दक्षिणी क्षेत्र मुस्लिम समूदायको वाहुल्यता भएको क्षेत्र हो। जहाँ सामुदायिक विद्यालयमा भन्दा मदरसाहरुमा विद्यार्थीको चाप हुने गरेको छ।यसै पनी मुस्लिम समुदायको वाहुल्यता हुनाले यहाँ कुल १८ मदरसा रहेका छन जहाँ एक आधारभुत तहको रुवीमारी मदरसा बाहेक अरु सबै प्रावी तहका छन।

तर यी अधिकांस मदरसा यदाकदा राज्यको सहयोग बाहेक धेरै मुठ्ठिदानले चलेको मुस्लिम अगुवाहरु बताउछन।मुस्लिम समुदायमा बिहेवारी,शुभ कार्य र वार्षीक भेटीमा अनिवार्य मस्जिद र मदरसालाई दान दिने नियम नै भएको उनीहरु बताउछन।

यसरी नै चलेका मदरसा मध्ये झापा गाउँपालिका-४ स्थित वेलौतीबारीमा रहेको मदरसा इस्लामियाँ नुरिया गरिव नवाजका शिक्षक र विद्यार्थी सोमबार भने निक्कै खुशी देखिन्थे ।विशाल भारतीको अगुवाईमा अमेरिका वसोबास गर्दै आइरहेका नेपालीको सहयोगमा वडाध्यक्ष राजु जंग भारती र नेपाल स्थित सहजकर्ता विशाल केसी मदरसामा कम्प्युटर तथा शैक्षिक सामग्री लिएर पुगेका थिए। उनीहरुले सामाजिक अगुवा,सुरक्षाकर्मी तथा पत्रकारलाई लाई साक्षी राखेर अमेरिकामा बस्ने नेपालीले दिएको सहयोग कम्प्युटर र कपी,पेनसिल मदरसालाई हस्तान्तरण गरेका छन् ।

आजको युग प्रबिधीको युग हुनाले प्रावि तह देखि नै प्रबिधीको ज्ञान बच्चाहरुलाई दिन सके उनीहरुको भविष्य उज्जल हुने वडाध्यक्ष भारतीले बताए।

यस अघि समेत मदरसालाई विभिन्न सहयोग गर्दै आईरहेको नेपाल स्थित सहजकर्ता विशाल केसीले  बताए। उनले भारतीको अगुवाईमा अमेरिकामा बस्ने नेपालीहरु संग आर्थिक संकलन गरि झापाका विभिन्न शैक्षिक संस्थालाई सहयोग प्रदान गरिरहेको बताए।

एक विशेष कार्यक्रमको आयोजना गरि भएको हस्तान्तरण कार्यक्रमका संचालक समसाद आलम रहेका थिए भने रामु मुखिया,काजी बहादुर खत्री,माधव कुमार पोखरेल,अकबर अलि,रिता भण्डारी साथै सुरक्षाकर्मी,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)