Aamsanchar

आज राम नवमी, यस्तो छ किम्बदन्ती

Author Image
बुधवार, वैशाख ८, २०७८

हरेक बर्ष झै यस बर्ष पनि देशका सबै राम मन्दिर, दुर्गा भवानीको मन्दिर, शक्तिपिठहरुमा पुजाआज सुरु भएको छ । विगतका बर्षहरुमा जस्तो यस बर्ष भिडभाड भने मठ मन्दिरहरुमा भक्तजनको उपस्तिथी कम देखिने छ । यसको कारण कोरोना भाईरसले बढाएको जोखिम र सरकारले भिडभाड हुन लगाएको प्रतिवन्धका कारण यस बर्ष मन्दिरमाहरुमा भक्तजनको उपस्थिती न्युन रहने निस्चित छ ।

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ ।

त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । विगतका बर्षहरुमा  राजधानीको बत्तिसपुतली स्थित राम मन्दिर,  रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा पनि भव्य मेला लाग्ने गर्दथियो । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको आउने गर्दथिए ।  पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर