Aamsanchar

तपाँईलाई अचानक पसिना आउछ ? साबधान रहनुहोस् यस्तो घातक रोगको लक्षण हुन सक्छ

Author Image
बुधवार, वैशाख ८, २०७८

खानपान, जीवनशैली र बानीव्यवहारका कारण मुटुसँग जोडिएका विभिन्न प्रकारका रोगहरुको खतरा बढाउँछ । हृदयघात पनि तिनै रोगहरुमध्ये एक रोग हो । रगत जमेर रक्तनली बन्द हुँदा मुटुसम्म रगत पुग्न नसक्दा हृदयघात हुन्छ । हृदयघातमा छातीमा पीडा महसुस हुनुका साथै शरीरमा देखिने थुप्रै लक्षणहरुले हृदयघातको संकेत गर्छ ।

व्यायाम गरेपछि, गर्मीमा पसिना आउनु सामान्य नै हो । तर, अचानक कुनै पनि कारणबिना पसिना आउनुलाई स्वास्थ्यमा गडबढी भएको संकेत हुन सक्ने चिकित्सकहरु बताउँछन् । कहिलेकाँही छाती दुख्ने, हातमा पसिना आउने र माशंपेशीहरु दुख्नु हृदयघातको खतरा हुनसक्छ ।

कुनै पनि व्यायाम वा काम नगरी अत्यधिक पसिना आउनु हृदयघातको संकेत हुनसक्छ । मुटुमा रगत पुर्याउने रक्तनलीहरुमा कोलेस्टोल जम्मा हुन जान्छ जसको कारण यस्ता नलीहरु बन्द हुन पुग्छन् । जसले गर्दा रगत प्रवाह हुन मुश्किल हुन्छ । जसको कारण रगत प्रवाह कम हुँदा मुटुमा दबाब पर्न जान्छ र शरीरको तापमान बढ्न सक्ने भएकाले पसिना पनि आउँछ । हात, काँध, च्यापु, दाँत र टाउकोमा दुखाई हुनु हृदयघातको लक्षण हुनसक्छ । यस्ता संकेत देखिए समयमा नै उपचार गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर