Aamsanchar

आजको मौसम

Author Image
बुधवार, वैशाख ८, २०७८

काठमाडौं। आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशभर पुनः तुवाँलोको प्रभाव देखिएकाले मौसम पूर्णरुपमा सफा भने नरहने विभागको दाबी छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका केही भागमा अपराह्नतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावनासमेत रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि दिउँसोतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२