Aamsanchar

बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द

Author Image
बिहिवार, वैशाख ९, २०७८

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द हुन थालेको छ ।

विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले वैशाख मसान्तसम्म दैनिक ९ घण्टा सवारी आवतजावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो ।

आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६ः३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिए ।

‘म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्तारलाई तीव्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको हो,’ उनले भने, ‘अन्य ठाउँमा पनि निर्माण व्यवसायीले तोकिएको समयमा सडक बन्द गरेर निर्माणको काम गर्न सक्छन् ।’

यसअघि गत चैत १४ देखि १९ गतेसम्म काभ्रेभिर र कैकुखोला क्षेत्रमा पूर्णरूपमा सवारी आवतजावत बन्द गरेर सडक निर्माण गरिएको थियो । सडक बन्द हुने स्थान बाहेकका ठाउँमा भने सवारी चल्नेछन् । बेनी–जोमसोम ७६ किलोमिटर सडक ४ प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

प्याकेज नम्बर २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।

काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनी शर्मा–गजुरमुखीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । करीब ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विक्रम संवत् २०७४ सालबाट निर्माण शुरू भएको हो । ११० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

आयोजनाले जोमसोम–कोरला सडकको ७ प्याकेजमध्ये ४ प्याकेजको काम निर्माण सकिएको जनाएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

 

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार
अवैध रुपमा सुनको कारोबार गरेको अभियोगमा पक्राउ
आइसियु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी बढ्दै
नक्कली नोट सहित ३ जना पक्राउ
विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला
अन्तर्वार्ता
राजनीतिक गतिरोध लम्बिनुमा ओलीलाई मात्र आरोप लगाएर पुग्दैन– दीपकुमार उपाध्याय ृअन्तर्वार्तो
राजनीतिक गतिरोध लम्बिनुमा ओलीलाई मात्र आरोप लगाएर पुग्दैन– दीपकुमार उपाध्याय ृअन्तर्वार्तो
सुशील पन्तबैशाख ६, २०७८
अब आफ्नो जग्गाको नक्सा घरमै बसेर निकाल्न सकिन्छ– मन्त्री तुम्बाहाम्फे ृअन्तर्वार्तो
अब आफ्नो जग्गाको नक्सा घरमै बसेर निकाल्न सकिन्छ– मन्त्री तुम्बाहाम्फे ृअन्तर्वार्तो
लोकान्तर संवाददाताबैशाख २, २०७८
प्रयत्न एउटा कुरा भयो, कांग्रेसको नेतृत्वमा सरकार बन्ने देखिएन स् रमेश लेखक ृअन्तर्वार्तो
प्रयत्न एउटा कुरा भयो, कांग्रेसको नेतृत्वमा सरकार बन्ने देखिएन स् रमेश लेखक ृअन्तर्वार्तो
सुशील पन्तचैत ३०, २०७७
आलेख
जब युट्युबरले मलाई कुटाएर भिडियो भाइरल बनाउने ुप्लानु गरे ।।।
जब युट्युबरले मलाई कुटाएर भिडियो भाइरल बनाउने ुप्लानु गरे ।।।
दिलनिशानी मगरबैशाख ७, २०७८
एमालेको समानान्तर सकस– तेल पानी एकै, पिना बाहिर १
एमालेको समानान्तर सकस– तेल पानी एकै, पिना बाहिर १
निर्मल भट्टराईबैशाख १, २०७८
नयाँ वर्षलाई स्वागत गर्दै आफ्नै अनुभूतिमा वर्ष २०७७ लाई फर्केर हेर्दा
नयाँ वर्षलाई स्वागत गर्दै आफ्नै अनुभूतिमा वर्ष २०७७ लाई फर्केर हेर्दा
गोपीनाथ मैनालीबैशाख १, २०७८
अग्रलेख
जनताको जीवन रक्षा गर्दै अर्थतन्त्रलाई चलायमान बनाइराख
जनताको जीवन रक्षा गर्दै अर्थतन्त्रलाई चलायमान बनाइराख
लोकान्तर सम्पादकीयचैत २९, २०७७
पुनःस्थापनाको औचित्य पुष्टि गर, प्रतिनिधि सभालाई कर्मकाण्डी नबनाऊ १
पुनःस्थापनाको औचित्य पुष्टि गर, प्रतिनिधि सभालाई कर्मकाण्डी नबनाऊ १
लोकान्तर सम्पादकीयचैत ४, २०७७
लोकतन्त्रमा शासकभन्दा संवैधानिक सर्वोच्चता माथि
लोकतन्त्रमा शासकभन्दा संवैधानिक सर्वोच्चता माथि
लोकान्तर सम्पादकीयफागुन १२, २०७७

 

ताजा समाचार
बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द हुने
नयाँ सरकारको चाबी प्रचण्डको हातमा
द्रुतमार्गको दोस्रो चरणको काम निजगढबाट हुने

एसईई र १२ कक्षाको परीक्षा जेठमै हुने
उपनिर्वाचन अझै अनिश्चित
कोरोना कहर स् देशभर रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव देखिँदै

हामीले किन खाने हरियो धनियाँ रु यस्ता छन् फाइदा
यस्ता छन् मेथीका फाइदै फाइदा
काठमाडौंको गोंगबुमा मिनिट्रकले स्कुटरलाई ठक्कर दियो, एकको मृत्यु

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर