Aamsanchar

लेनदेन मुद्दामा २ बर्ष कैद ठहरपछि फरार रहेकी धनमाया पक्राउ

Author Image
बिहिवार, वैशाख ९, २०७८

काठमाडौं – लेनदेन मुद्दामा कसुर ठहरपछि फरार रहेकी दाङकी धनमाया बुढालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उप–महानगरपालिका–१४ बस्दै आएकी ३१ वर्षीया धन मायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला अदालत दाङले ०७६ कार्तिक ६ मा लेनदेन मुद्दामा कसुर ठहर गर्दै उनलाई २ बर्ष कैद हुने फैसला गरेको थियो । घोराही उप–महानगरपालिका स्थित मिलनचोक बस्ने धन मायालाई घरबाट पक्राउ गरेर अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत दाङको आदेशले उनलाई कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर