Aamsanchar

रोटरीको ‘डिष्ट्रीक गर्भनर भिजिट’ सम्पन्न

Author Image
शुक्रवार, वैशाख १०, २०७८

कोभिड १९ लाई अवसरका रुपमा लिएर कार्य गर्न रोटरियनहरुलाई निर्देशन

काँकरभिट्टा ।  रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान सन् २०२०/२०२१ का ‘डिष्ट्रीक गर्भनर’ राजीव पोखरेलले रोटरीलाई सरकारी तथा गैरसरकारी नाफामुलक संस्थाका रुपमा हेर्न नहुने बताउनुभएको छ ।

रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको ‘डिष्ट्रीक गर्भनर भिजिट’ का अवसरमा विहीवार साँझ मेचीनगरस्थित होटल ग्रेसमा आयोजित कार्यक्रमा ‘डिष्ट्रीक गर्भनर’ पोखरेलले रोटरीको परीभाषा र रोटरीका बारेमा ७०/८० प्रतिशत मानिसले बुझ्न बाकी रहेकाले हरेक व्यक्तिलाई रोटरीका बारेमा बुझाउनुपर्ने रोटरियनहरुको मुख्यः भूमिका रहेको प्रष्ट पार्नुभयो । रोटरी के हो ? यसले के गर्छ ? लगायतका विषयमा सर्वसाधारणहरुलाई रोटरियनहरुले बुझाउनु पर्ने उहाँको भनाई थियो ।

यो अन्तर्राष्ट्रिय संस्था भए पनि यसको सदस्य बन्न कुनै दल, लिङ्ग, धर्म, वर्ग, संस्कृति कला जातले नछेक्ने बताउँदै सहयोगी भावनाका साथ स्वार्थ त्यागेर यो समाजकालागि केही गरौ भन्ने पेशा वा व्यवसायमा आवद्घ व्यक्ति नै यसको सदस्य हुने पोखरेलले प्रष्ट पार्नुभयो । रोटरीको इतिहास हेर्ने हो भने निक्कै राम्रा र उपलब्धिमुलक काम रोटरीले गरेको भन्दैं उहाँले रोटरीको यस कार्यलाई संसारले निक्कै उपलब्धिमुलक काम ठान्दैं यसको खुलेरै प्रशंसा गरेको दावी गर्नुभयो । तर, रोटरीको सदस्य भइसकेपछि आफ्नो जिम्मेवारी चाँहि बहन गर्न सक्नुपर्ने उहाँको भनाई थियो ।

रोटरीले विभिन्न विधा अन्तर्गत विश्वशान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार, तथा रोकथाम ,आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा रोटरीले काम गर्नुपर्न सुझाव दिनुभयो ।

उहाँले रोटरी भनेकै समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएको बताउदैं रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गदैं अब आफ्नो लागिमात्र नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेकको सोच हुनुपर्ने धारणा राख्नुभएको थियो । अहिले विश्वमा महामारीकारुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा रोटरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गदैं ‘डिष्ट्रीक गर्भनर’ राजीव पोखरेलले सामाजिक, शैक्षिक, खेलकुद तथा स्वास्थ्य शिक्षालगायत हरेक सामाजिक सेवामा रोटरीले आफ्नो उपस्थितिसहित विभिन्न रचनात्मक एवम् सकरात्मक काम गरेकोमा सवै रोटरी क्लबप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कोभिड १९ लाई अवसरका रुपमा लिएर हरेक रोटरियनहरुले दुःखका बखत सेवा गर्नुपर्ने भन्दैं सहज अवस्थामा जस्ले पनि कर्म गर्ने भएकाले असहज परिस्थितीमा रोटरियनहरु अघि बढेर सामाजिक सेवामा लाग्न सुझाँव दिनुभयो । रोटरीले विश्वमा आफ्नो छुट्टै पहिचान बनाएकाले रोटरी क्लब काँकरभिट्टालाई आफुलाई पनि छुट्टैरुपमा चिनाउन दिर्घकालिन कार्य गर्नका लागि पछि हट्न नहुने उहाँको भनाई थियो । रोटरीले आफ्नो पहिचानका लागि कुनै पनि परियोजना अघि सारे त्यसका लागि आफ्नो व्यक्तिगत र रोटरी फाउण्डेशनकोतर्फबाट भरपुर सहयोग उपलब्ध गराउने प्रतिवद्घता ‘डिष्ट्रीक गर्भनर’ राजीव पोखरेलले व्यक्त गर्नुभयो । कसेले पनि लिने मात्र बानी गर्न नहुने भन्दैं रोटरियनहरु दिन र लिन दुवै कर्मका लागि अघि बढ्नुपर्ने उहाँको धारणा थियो । धनको धनी भन्दा पनि मनको धनी हुनुपर्नेमा जोड दिदैं उहाँले विश्वका विभिन्न उदाहरणहरु प्रस्तुत गर्नुभयो ।

रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान सन् २०२०/२०२१ का अष्सिटेण्ड गर्भनर नवीन श्रेष्ठको उपस्थितिमा ‘क्लबको थर्ड एश्याम्ली’को अवसर पारेर रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान सन् २०२०/२०२१ का ‘डिष्ट्रीक गर्भनर ’ पोखरेलले क्लबको ‘भिजिट’ गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गदैं रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान सन् २०२०/२०२१ का अष्सिटेण्ड गर्भनर नवीन श्रेष्ठले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार व्यक्त गर्नुभयो । श्रेष्ठले रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गदैं अब आफ्नो लागिमात्र नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेकको सोचको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

रोटरीले प्रचारमा भन्दापनि काममा विश्वास गर्नै बताउदैं उहाँले रोटरी क्लबका बारेमा कुरा गर्दा वा सदस्य बनिरहदा सवैभन्दा पहिलो रोटरी के हो बुझ्न जरुरी रहेको उहाँको भनाई थियो । विभिन्न पेशा तथा उद्योगी व्यावसायीहरुलाइ सांगठानिकरुपमा एक ठाउँमा गोलबद्घ बनाएर आफुमा रहेकोे सीपको सदुपयोग गर्दै समाजप्रतिको उत्तरदायित्व वहन गराउने संस्था नै रोटरी भएको उहाँले दोहोर्याउनुभयो ।

‘डिष्ट्रीक गर्भनर भिजिट’ कार्यक्रमका अवसरमा रोटरी क्लव अफ काँकरभिट्टाको सन् २०२०/२०२१ का क्लव एडमिनिट्रेशन राजु मर्हजन, पव्लिक रिलेसन चियर कमल थापा, मेम्वर सीप चियर कृष्णराज पौडेल, टिआरएफ चियर राधिका गुरुङ, सर्भिस प्रोजेक्ट इञ्जिनियर रूद्र मैनालीले आफ्नो कार्यकालमा भए गरेका र भावी योजना सहितको अलग अलग वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि टिप्पणी गदैं ‘डिष्ट्रीक गर्भनर’ पोखरेल थप सुझाव दिनुभएको थियो ।

सन् २०२०/२०२१ का अध्यक्ष कृष्णकान्त खनियाले ‘डिष्ट्रीक गर्भनर’ पोखरेल ‘अष्सिटेण्ड गर्भनर’ श्रेष्ठ, ‘अष्सिटेण्ड डिष्ट्रीक सेक्रेटरी’ अमोद आचार्यसहितलाई शब्दले स्वागत गदैं विधिवतरुपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सन् २०२०/२०२१ का प्रेसिडेण्ट इलेक्ट रोहितकुमार बुढाथोकीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सन् २०२०/२०२१ का प्रेसिडेण्ट नोमिनि सुजन प्रधानले कार्यक्रमको समिक्षा गर्नुभएको थियो । कार्यक्रममा क्लबका पदाधिकारीसहित अन्य उद्योगी, व्यवसायीसमेतको सहभागिता रहेको सेक्रेटरी उदयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर