Aamsanchar

चिया पकाउने ताप्केले हिर्काएर बुवाको हत्या गर्ने १७ वर्षीय किशोर पक्राउ

Author Image
शुक्रवार, वैशाख १०, २०७८


काठमाडौं – सुनसरीको प्रकाशपुरमा बुवाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका–९ स्थित प्रकाशसपुर घर भएका ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले बताए ।

विवाद हुँदा चिया पकाउने ताप्केले हिर्काउँदा घाइते भएका उपेन्द्रलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा बिहिबार उनको मृत्यु भएको हो । बुवाको मृत्युभएपछि छोरालाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको एसपी थापाले बताए । नाबालक भएकाले प्रहरीले हत्या आरोपीको नाम सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)