Aamsanchar

नेकपा एमालेलेका ४ जना प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

Author Image
शुक्रवार, वैशाख १०, २०७८

काठमाडौं –नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ जना प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले चारै जनालाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्नेमा प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही रहेका छन् ।

उनीहरुले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई पार्टी निर्णय विपरित फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए। ज्वालाबाहेक तीन जना अहिले शाही सरकारमा मन्त्री बनेका छन्।

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर