Aamsanchar

नेपाल पक्षले विराटनगरमा छुट्टै (नेकपा) कार्यालय स्थापना

Author Image
शुक्रवार, वैशाख १०, २०७८

विराटनगर । माधवकुमार नेपाल पक्षले विराटनगरमा छुट्टै कार्यालय स्थापना गरेको छ ।

नेपाल पक्षले विराटनगरस्थित तीनपैनीमा २ तले घर भाडामा लिएर विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय सञ्चालनमा ल्याएको छ ।

पार्टी कार्यालयको बिहीवार बिहान एमालेका सचिव तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले उद्घाटन गरेका छन् ।

कार्यालयको उद्घाटन गर्दै इन्चार्ज आचार्यले पार्टी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भए पनि वार्ता सकारात्मक रुपमा अगाडि नबढेकाले समानान्तर कमिटी निर्माण गर्दै अघि बढेको जानकारी दिए ।

 

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर