Aamsanchar

श्रीमानलाई खानामा विष हालेर ६ वर्षअघि मारेको अभियोगमा एक महिला पक्राउ

Author Image
शुक्रवार, वैशाख १०, २०७८

काठमाडौं –श्रीमानलाई विष खुवाई मारेको अभियोगमा प्रहरीले भक्तपुरको सूर्यविनायकबाट एक महिलालाई पक्राउ गरेको छ । धादिङको मूलपानी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ मा डेरामा बस्ने २९ कि पार्वती थापा मगरलाई पक्राउ गरेको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । थापाले ६ वर्षअघि २०७२ माघ २८ गते घरमै श्रीमान विष्णु थापा मगरलाई विष हालेको खाना दिएको र सोही खानाका कारण उनको मृत्यु भएको प्रहरीको दावी छ ।

थापाको भान्साबाट उठाइएको गहतको दाल, अण्डा करी, खाना (भात) तथा मुछिएको खानासमेतको परीक्षणको लागि प्रयोगशाला पठाइएको र ०७४ साउन ९ गते ती खानेकुरामा किटनाशक बिषादी फेला परेको गिरीले उल्लेख गरेका छन् । खानामा विषादी भेटिएपछि विष्णुका भाइ लोकबहादुरले भाउजु पार्वतीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 326

प्रतिक्रिया (०)

सम्बन्धित खबर