Aamsanchar

आइपिएल कृकेटमा पञ्जाब किङ्ग्सद्वारा मुम्बई इन्डियन्स ९ विकेटले पराजित

Author Image
शनिवार, वैशाख ११, २०७८

चेन्नई-इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत शुक्रबार पञ्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गर्दै अंक तालिकामा महत्त्वपूर्ण २ अंक जोडेको छ । पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जावले उक्त लक्ष्यलाई एक विकेटको क्षतिमा १४ बल अगावै पूरा गरेको हो ।

पञ्जावको जितमा कप्तान केएल राहुलले अर्धशतकीय पारी खेल्दै ६० रन बनाए भने क्रिस गेलले ४३ रन जोडे । यसअघि मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेल्दै स्कोरलाई सम्मानजक अवस्थामा पु¥याएका थिए । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मुम्बईले १३१ रन बनाएको थियो ।

मुम्बईका लागि रोहितले ६३, सूर्यकुमार यादवले ३३ र किरन पोलार्डले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पञ्जावका लागि मोहम्मद शामी र रवि बिस्नोइले किफायती बलिङ गरे । शामीले चार ओभरमा २१ रन खर्चिएर दुई विकेट लिए भने बिस्नोइले दुई विकेटका लागि २१ रन नै खर्चिएका थिए । पाँच खेलमा दोस्रो जितसँगै पञ्जाव किङ्ग्स अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ । पाँच खेलमा तेस्रो पराजयका बाबजुद मुम्बई चौथो स्थानमा कायम छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर