Aamsanchar

सुकुम्वासीलाई जग्गा दिने भन्दै रकम असुली गर्ने गरेको पाइए कारवाही गरिने : मन्त्री तुम्वाहाम्फे

Author Image
शनिवार, वैशाख ११, २०७८

इटहरी । भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा शिवमायाँ तुम्वाहाम्फेले सुकुम्वासीलाई जग्गाधनी पूर्जा दिलाएरै छाडने प्रतिवद्धता जनाउनुभएको छ ।

सुनसरीको इटहरी ९ मा जारी लगत संकलन कार्यको नीरिक्षणका क्रममा उहाँले यहि सरकारले सुकुम्वासीलाई जग्गा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले सरकार ढल्छ कि ? पूर्जा नपाइएलाकी ?भन्ने आशंका नगरी ढुक्क भएर वस्न आग्रह गर्नुभयो । अहिलेको भूमी सम्वन्धि समस्या समाधान आयोग संविधानमा भएको ब्यवस्थालाई टेकेर ऐन वमोजिम गठन भएकाले यहि आयोगले भूमी सम्वन्धि समस्या समाधान गर्ने दावी गर्नुभयो ।

गलत विवरण र गलत कार्य नगरि छिटो र ब्यवस्थित ढंगले लगत संकलन गर्न मन्त्री तुम्वाहाम्फेले निर्देशन दिनुभयो । गतल विवरण दिने र भर्ने दुवैलाई कारवाही हुने तर्फ उहाँले सचेत गराउनुभयो । उहाँले सुकुम्वासीलाई जग्गा दिने भन्दै रकम असुली गर्ने गरेको पाइए कारवाही गरिने वताउनुभयो । स्थानीय तहले जति राम्रो र ब्यवस्थित ढंगले काम गर्छन त्यतिनै चाडो परिणाम आउने मन्त्री तुम्वाहाम्फेको भनाई छ ।

इटहरी उपमहानगरमा भूमी सम्वन्धी समस्या समाधानका लागि भइरहेको कार्यको उहाँले प्रशंशा गर्नुभयो । कार्यक्रममा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतले वैशाख महिना भित्रमा इटहरीका सवै भूमिहिन सुकुम्वासी,भूमिहिन दलित र अब्यवस्थित वसोवासीको लगत संकलन सकिने वताउनुभयो । उहाँले इटहरीका सवै वडाहरुमा लगत संकलनको कार्य भइरहेको जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)