Aamsanchar

कोरोना संक्रमित बिरामी घरमै राख्दा कस्ता सावधानी अपनाउने ?

Author Image
शनिवार, वैशाख ११, २०७८

काठमाडौं –कोरोना भाइरसको हल्का वा मध्यम लक्षण भएका बिरामीहरूलाई डाक्टरहरूले घरमै उपचार गर्न आग्रह गरिरहेका छन्। कडा लक्षण भएका बिरामीले अस्पताल भरिएका छन्। घरमा कोरोना संक्रमितहरू नै आइसोलेट भएपछि परिवारमा थप जिम्मेवारी थपिन्छ। उनीहरूको हेरचाहका लागि डाक्टरहरूले केही सुझाव दिएका छन्।

यदि तपाईं कोरोना बिरामीको हेरचाह गर्दै हुनुहुन्छ भने डाक्टरले तोकेको सबै औषधि बारे ज्ञान हुन जरूरी छ। बिरामीलाई डाक्टरसँग सम्पर्कमा रहिरहन जरूरी छ। डाक्टरका निर्देशनहरू पालना गर्नुपर्छ। धेरै जसो कोरोना बिरामीहरु एक हप्ता पछि उनीहरूको स्वास्थ्यमा सुधार हुँदै जान्छ।

बिरामीको खानाको पूर्ण ध्यान

बिरामीलाई तरल पदार्थहरू पिउन जरूरी छ। बिरामीले शारीरिक तथा मानसिक आराम गर्नुपर्दछ। बिरामीको घरमा अन्य व्यक्ति नभए आफूलाई चाहिने आवश्यक वस्तुहरू अनलाइन मार्फत ल्याउन जरूरी छ। आफै हिड्दा जोखिम हुन्छ।

घरेलु जनावरसँग दुरी कायम राख्नुपर्छ। उनीहरूको सँग प्रत्यक्ष सम्पर्कले थप जोखिम हुन सक्छ।

गम्भीर लक्षणबारे गम्भीर हुनु

कोरोना बिरामीको लक्षणबारे विशेष ख्याल राख्नुपर्छ। यदि बिरामीलाई सास फेर्न गाह्रो हुन्छ, छातीको गम्भीर दुखाई, बिरामी ओछ्यानबाट उठ्न सकेन भने तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ।

आफ्नो सुरक्षा

बिरामीसँग भौतिक सम्पर्क नराख्नुहोस्। कोरोना भाइरस एक अर्काको सम्पर्कमा छिटो फैलन्छ। बिरामीको खोकीबाट फैलिन्छ। त्यसैले यस कुराको विशेष ख्याल राख्न जरूरी छ। कम्तिमा ३ देखि ६ फिटको दूरी कायम राख्नुपर्छ।

बिरामीलाई हेरचाह गर्ने व्यक्ति निरोगी हुनुपर्छ। जसले गर्दा कोभिड सर्ने सम्भावना कम हुन्छ। बिरामीको छुट्टै कोठा र बाथरूम हुनु पर्छ।बिरामी कोठा झ्याल खुला राख्नुहोस् ताकि हावा छिर्न सहज होस।

घर प्रवेशमा रोक

अरू कसैलाई पनि घरमा बाहिरबाट आउन नदिनुहोस्। विशेष गरी तिनीहरू जो बिरामी हुने बढी जोखिममा छन्। यदि तपाईं कोरोना बिरामीको ख्याल राख्नुहुन्छ भने तपाइ पनि बाहिर नजानुस।

कोरोना बिरामीले आफ्नो कोठामा खाना खानुपर्छ। बिरामीको हेरचाह गर्ने व्यक्तिले पन्जा लगाउनु पर्छ र भाँडाहरू साबुन र तातोपानीले धुनुपर्छ। पन्जाहरू फालेर हात राम्रोसँग धुनुपर्छ।

मास्क अनिवार्य

कोरोना संक्रमित बिरामीहरूले घरका अन्य सदस्यहरूसँग कुरा गर्दा मास्क लगाउनु पर्छ। मास्कले मुखबाट निस्किने छिटाहर अर्को व्यक्तिमा पुग्नबाट रोक्छ र उसलाई संक्रमित हुनबाट बचाउँछ। हेरचाहकर्ताले बिरामीको कोठामा जाँदा पूर्ण रूपमा मास्क लगाउनु पर्छ। आफ्नै मास्क समय समयमा परिवर्तन गरिरहनुपर्छ।

कोठा सफा

बिरामीको हेरचाह गर्ने व्यक्तिले आफ्नो हातहरू बारम्बार धुनुपर्छ। कम्तिमा २० सेकेन्डको लागि आफ्ना हात साबुन र पानीले धुनुहोस्। घरलाई सफा गरिरहनुपर्छ। बिरामीको कोठाबाट कीटाणुहरू हटाउन डिटर्जेंटले सफा गर्नुपर्छ। बिरामी हेरचाहको साथ लक्षणहरूमा पनि ध्यान दिन आवश्यक छ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर