Aamsanchar

ज्यानै लिने औंलो र बाच्ने तरिका

Author Image
आइतवार, वैशाख १२, २०७८

लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयूक्त रोग ‘औंलो’ विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरीया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौंको ज्यान लिएको यस रोगका बारेमा केही जानकारीतर्फ । एनोफेलिस लामखुट्टेको टोकाईबाट औंलो को संक्रमण मान्छेमा सर्ने गर्दछ । सन् २०१५ को अध्यन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरीयाको संक्रमण रहेको पुष्टी गरेको छ ।

आशालाग्दो कुरा के हो भनें समयमै उपचार पाएमा मलेरिया निको हुन सक्दछ तथापी विकासोन्मुख देशका नागरीकहरूमा यसबारे देखिएको चेतनास्तरको कमी, स्वास्थोपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्यूको संख्या आशातित घट्न सकेको छैन् ।

मलेरीया विरुद्धको खोप नलगाएका ब्यक्तिहरुमा यसको संक्रमणको दर उच्च हुन्छ, मलेरीया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरु देखिन्छन् । यसका लक्षणहरुमा रक्तअल्पता, श्वाँस(प्रश्वाँसमा समस्या, सेरिबरल मलेरिया आदि हुन्छन् । सन् २०१५ सम्ममा लगभग संसारका आधि जनसंख्यानै मलेरियाको जोखिममा थिए, बालवालिका, गर्भवती आमाहरु, एच.आई.भी. संक्रमितहरु तथा जमेको पानी वरपर बस्ने समूदाय अनि सरसफाइमा ध्यान नदिने र घुमन्ते मान्छेहरु यस रोगको उच्च जोखिममा रहन्छन् ।

विश्व स्वास्थ्य संगठनको सन् २०१६ को एक अध्यन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया संक्रमित रहेको र ४ लाख २९ हजार ले ज्यान गुमाईसकेको तथ्याङ्क छ, अफ्रिकी महादेशमा त यसको प्रकोप अझै बढी छ ।

मलेरियाको रोकथामकालागि समय समयमा दिइने खोप, समयमै आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्वपूर्ण छ । घर वरिपरि सरसफाई गर्ने, पानी जम्न नदिने, पानी जम्नसक्ने सरसामानहरूको उचित व्यवस्थापन गर्ने, जलाउन मिल्ने फोहोरहरूलाई व्यवस्थित ठाउँमा जलाइदिने र समय समयमा मलेरिया सार्ने लामखुट्टेहरुलाई भगाउने किटनाशकररसायन छर्केर पनि न्यूनीकरण गर्न सकिन्छ ।

भावी पुस्तालाई मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमैं खोप लगाउन जरुरी छ, मलेरीयाका किटाणुहरु शरीरमा प्रवेशगरेपछि क्रमशः कलेजोमा जान्छन्, विस्तारै किटाणूले मूल रक्तप्रवाहमा छिरेर यिनीहरुले रातो रक्त कोशिकामा हमला गर्दछन् । बेलैमा उपचार नभएमा यसको संक्रमणले सजिलै ज्यान लिन्छ, हामी सबैजना सतर्क हुन जरुरी छ ।

सन् २००७ मा तात्कालिन अमेरिकी राष्ट्रपती जर्ज डब्लु बुशको नेतृत्वमा हरेक वर्ष एप्रिल २५ लाई मलेरिया दिवसको रुपमा मनाउने क्रम शुरु भएको हो । आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया दिवस मनाईन्छ, नेपालमा पनि विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ(सस्था अनि कर्मचारीहरुले विभिन्न कार्यक्रम मार्फत् तथा घरदैलो जस्ता विभिन्न जनचेतना कार्यक्रमको आयोजना गरेर सू-सूचित गर्नेगर्दछन् ।

अल्छी गरेर झूलको प्रयोग नगरी सुत्ने बानी नगरौं, घर वरपर सफा राखौं, स्वास्थ्य संस्थामा जाँच गराऔं अनि बाहिर बस्दा शरिर पुरै ढाक्ने पुरा कपडा लगाऔं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर