काठमाडौं-रुपन्देहीमा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुईजना बालिकाको मृत्यु भएको छ। कोटिहवामा भएको उक्त दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बसलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजन छन्।
सरस्वतीको घटनास्थलमै र गंगाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य पाँच जनाको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 231