काठमाडौं –उज्यालो नेटवर्क अनलाइनमा कार्यरत अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल लामा ‘प्रभात’लाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुसन्धानका लागि अदालतले ३ दिनको म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता(एसपी)रमेश बस्नेतले बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार प्रभातलाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुविरुद्ध राज्य बिरुद्धको कसुर र लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 209