Aamsanchar

भारतमा २४ घण्टामा थप ३ लाख ५४ हजारमा कोरोना संक्रमण,२ हजार ८०० भन्दा धेरैको मृत्यु

Author Image
सोमवार, वैशाख १३, २०७८

दैनिक उच्च संख्यामा कोरोना संक्रमित थपिइरहेको भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन त्यहाँ २ लाख ४९ हजार जनामा कोरोना पुष्टि भएको थियो। योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७३ लाख ६ हजार पुगेको छ।

यस्तै‚ मृत्यु हुनेको दर पनि दैनिक बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा २ हजार ८०० भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या १ लाख ९५ हजार नाघेको छ। भारतमा कोरोना महागरीको संकट गहिरिँदै गएपछि अमेरिकाले कोभिशिल्ड खोप उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आपूर्तिका लागि सहमति दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गर्दै भारतमा गहिरिँदै गएको कोरोना संकट न्यूनीकरणका लागि सहयोग गर्न लागिएको जानकारी दिएका छन्। उपराष्ट्रपति कमला ह्यारिसले पनि कोभिड महामारीको यो संकटको बेला आफूहरू भारतको साथमा रहेको बताएकी छन्।

ह्यारिसले ट्विटरमा लेखेकी छन्‚ ‘कोरोना महामारीको यो विस्फोटक समयमा अमेरिका भारत सरकारसँग मिलेर काम गरिरहेको छ। हामीले सहयोग गरिरहेका छौँ, भारतका लागि प्रार्थना गरिरहको छौँ, भारतका स्वास्थ्यकर्मीहरूलाई सम्मान छ ।’ पछिल्लो २४ घण्टामा विश्वभर ७ लाखभन्दा बढी संक्रमित थपिँदा साढे ९ हजारभन्दा बढीले कोरोनाबाट ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर