Aamsanchar

प्रदेश १ सामाजिकविकास मन्त्रालयद्धारा घरेलु मदिरालाई ब्रान्डिङ गर्न कार्यदल गठन

Author Image
सोमवार, वैशाख १३, २०७८

विराटनगर । प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यताअध्ययनकालागिकार्यदल गठन गरेको छ ।
सामाजिकविकास मन्त्रालयले प्रदेश १ योजनाआयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमाकार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरुमाप्रदेश योजनाआयोग सदस्यमिना भण्डारी, मुख्यमन्त्री शेरधन राईकाआर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषिनिर्देशनालयकाप्रमुखप्रकाश डाँगी, सामाजिकविकास मन्त्रालयकाउपसचिवअम्विकाप्रसादचौलागाई, आन्तरिक मामिलातथाकानूनमन्त्रालयकाउपसचिवकमलकुमार थापा, प्रदेश योजनाआयोगकाअधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वनतथावातावरण मन्त्रालयका सहायकवनस्पतीअधिकृत राजेश तामाङ रहनु भएको छ । कार्यदलको सदस्य सचिवमा सामाजिकविकास मन्त्रालयकाकानुनअधिकृत निर्मल भट्टराई रहनु भएको छ ।

कार्यदललाई सामाजिकविकास मन्त्रीउषाकला राईले अघि बढाएको ‘ व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयनकालागि सम्भाव्यताअध्ययनको जिम्मेवारी दिईएको सामाजिकविकास मन्त्रालयले जानकारी दिएको छ । कार्यदलका सदस्यलाई कार्य जिम्मेवारी सहित ४५ दिनभित्रमामन्त्रालयमाप्रतिवेदन पेश गर्ने जिम्मेवारी दिईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर