Aamsanchar

मोरङसहित यी ९ जील्लामा निषेधाज्ञा हुन सक्ने सङ्केत

Author Image
सोमवार, वैशाख १३, २०७८

काठमाण्डौ- कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय सङ्क्रमित भेटिएमा निषेधाज्ञा लगाउन सिफारिस गरेको छ । आइतवार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेसँगै काठमाण्डौ उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञा हुन सक्ने सङ्केत देखिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय कटिसकेको छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार काठमाण्डौमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय छ । त्यसपछि बाँकेमा २ हजार ३ सय ३९ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा १ हजार ३ सय १५, रुपन्देहीमा १ हजार ३ सय १३, मोरङमा पाँच सय ६१, पर्सामा ६ सय ४३, भक्तपुर र कास्कीमा ६ सय १३ तथा दाङमा ५ सय ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सीसीएमसीले पहाडी जिल्लाहरुमा भने सक्रिय सङ्क्रमित २ सय कट्नासाथ निषेधाज्ञा लगाउन पालिकालाई अधिकार दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर