Aamsanchar

आज बस्ने मन्त्रिपरिषद् बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्ने

Author Image
सोमवार, वैशाख १३, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल हुने कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्ने बताइएको छ । आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रले पाँच सय सङ्क्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो । त्यस्तै अहिले चलिरहेका सम्पूर्ण तहका परीक्षा तत्काल रोक्ने निचोडमा पुगेको थियो ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्रका सदस्य तथा परराष्ट्मन्त्री प्रदीप ज्ञवालीका अनुसार अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरिएको थियो । मन्त्रिपरिषद् बैठकले यिनै विषयमा विस्तृतमा निर्णय गर्ने बताइएको छ ।

कुन–कुन जिल्लामा हुन सक्छ निषेधाज्ञा ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लासहित मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देहीमा पाँच सय सङ्क्रमित नाघेका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)ले बाँकेमा सोमबार एक साता लडकाउनको घोषणा गरिसकेको छ । रुपन्देहीमा यातायातमा जोर विजोर प्रणाली लागु गरिसकेको छ । उपत्यकाको तीन जिल्लाका सीडीओ(प्रमुख जिल्ला अधिकारी)को संयुक्त बैठक पनि आजै बस्दैछ । सीसीएमसीको निष्कर्षअनुरूप निर्णय लिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर