Aamsanchar

आन्तरिक हवाइ उडान चालु राख्‍ने मन्त्रिपरिषद्को निर्णय, मुलुकभरका सबै विद्यालय भने बन्द गरिने

Author Image
सोमवार, वैशाख १३, २०७८

सरकारले आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले गरेका सिफारिस पनि पारित गरेको छ ।

एक मन्त्रीका अनुसार तत्काल आन्तरिक उडान चालु राख्ने निर्णय भएको हो । सरकारले विदेश जानेका लागि पीसीआर परीक्षण गर्नका लागि ५ ल्याबलाई अनुमति दिएको छ । मन्त्रिपरिषद्को बैठकले सीसीएमसीको सिफारिसअनुसार २०० सक्रिय कोरोना संक्रमित भएका पहाडी जिल्लामा निषेधाज्ञा लगाउने र ५०० सय सक्रिय संक्रमित रहेका सहरी क्षेत्रमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ । कोरोना संक्रमितको संख्या बढ्न लागेका क्षेत्रमा यातायात सञ्चालनमा निषेध लगाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । त्यसको जिम्मा भने स्थानीय प्रशासनलाई दिन सीसीएमसीले सिफारिस गरेको थियो ।

यस्तै कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको मन्त्रीहरूले जानकारी दिएका छन् । त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर