Aamsanchar

कोरोना महामारी नियन्त्रणबारे चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग छलफल गर्ने

Author Image
मङ्गलवार, वैशाख १४, २०७८

काठमाडौं – कोरोना महामारी नियन्त्रणबारे चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले खोपको आपूर्ती र कोरोना नियन्त्रणका विभिन्न पक्षहरु बारेमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्नेछन् । पछिल्लो समयमा भारतमा खोपको तीव्र अभाव भएको सन्दर्भमा हुन लागेको सो छलफलमा खोप प्रधान विषय हुने एक सरकारी अधिकारीले बताए ।

नेपाल सहित दक्षिण एसियाका पाँच वटै मुलुकमा पछिल्लो समयमा कोराना भाईरसको संक्रमण बढेको छ । चीनले पछिल्लो समयमा महामारी नियन्त्रण्मा खोप क्षेत्रिय सहकार्यमा जोड दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर