Aamsanchar

नेपाल आदिवासी जनजाती महासंघ युएईद्वारा उज्यालो कर्मी तामाङ द्वयको रिहाईको माग

Author Image
मङ्गलवार, वैशाख १४, २०७८

 युएई । नेपाल आदिवासी जनजाती महासंघ युएईले उज्यालो नेट्वर्क डटकमको कार्यलयमा प्रहरीले गरेको हस्तक्षेप तथा कार्यकारी सम्पादक एवं फोनिज युएईका निवर्तमान अध्यक्ष अनिश तामाङ तथा प्रबन्ध निर्देशक दुर्गालाल तामाङ (प्रभात) लाई पक्राउ गर्नुका साथै क्यामेरा, कम्प्युटर लगायत सन्चार समाग्री नियन्त्रणमा लिन खोजिएको घटना प्रती प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा उज्यालो नेट्वर्क डटकममा प्रकाशित समाचारको विषय प्रेस काउन्सिलले निरुपण गरि सकेको र सम्मानित उच्च अदालतले समेत समाचारको विषयलाई लिएर पक्राउ नगर्न दिएको अन्तरिम आदेशलाई कुल्चदै तामाङ द्वयलाई पक्राउ गरिनु निन्दनीय भएको जनाएको छ । संचार सँग जोडिएको विषयमा समाधान खोज्ने निकाय हुदाहुदै सुरक्षाकर्मीको ठाडो हस्तक्षेप देखिनु कानुनी राज्य र बिधिको शाशनमा गम्भीर प्रश्नहरु खडा भएको जनाईएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष महेश मोक्तानद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचारको विषयलाई लिएर बिधुतिय कारोबार ऎन र राज्य विरुद्धको कसुर सम्बन्धि मुद्दामा पक्राउ गरिनु कुनै पनि ढंगले सहि नभएकोले तामाङ द्वयलाई तत्काल रिहाई गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकको सम्मानको साथै प्रेस माथीको हस्तक्षेप बन्द गर्न नेपाल सरकार सँग जोड्दार माग गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर