Aamsanchar

गाउँले होटलका संचालक मृत्यु प्रकरण : पिडित परिवारद्वारा अनुसन्धान प्रति शंका व्यक्त

Author Image
बुधवार, वैशाख १५, २०७८

बिर्तामोड । गत चैत्र महिनामा झापाको चारआली जंगलमा मृत अवस्था भेटिएका तिलक निरौलाको हत्या भएको परिवारले दावी गरेका छन् ।
बिर्तामोडमा परिवारले बुधवार पत्रकार भेटघाट गर्दै सत्यतथ्य पत्ता लगाई दोषिलाई कारवाहीको दायारामा ल्याएर न्याय गरिदिन प्रशासन समक्ष आग्रह गरेका हुन् ।

निरौलाकी श्रीमती यशोदा निरौला (लक्ष्मी) ले श्रीमान निरौलाको हत्या भएको दावी गरेकी छिन् । निरौलाको हत्याको डिजाइन हैटौडा घर भई अर्जुनधारा बस्दै आएका नारायण खड्काले नै गरेको यशोदाले दावी गरिन् । ‘मामा भनेर आफ्नै भाञ्जा जस्तो गरेर राखेका थियौं’ यशोदाले भनिन् ‘पैसा माग्दा दिदा राम्रै थियो, तर पैसा दिन छोडेपछि हामीले गरेको फोन नलाग्ने बनायो, हामीसँग भागी भागी हिड्न थाल्यो, उसैले गौरादहमा जग्गा किन्न लगायो, त्यो जग्गाको पनि मुद्धा चलिरहेको छ ।’

निरौलाकी छोरी निशाले प्रशासनले न्याय नदिए भोक हड्तालसहितको अनसनमा बस्ने चेतावनी दिएकी छिन् । ‘बुबाको हत्या खड्काले योजनाबद्ध तरिकाले गरेको हो’ निशाले भनिन् ‘उसलाई कारवाही हुनुपर्छ ।’ जवसम्म सत्यतथ्य वाहिर आउँदैन तवसम्म खड्कालाई प्रहरीले छोड्न नहुने निशाले बताइन् । उनले यस्तो घटना फेरि नहोरियोस् भन्दै सवै व्यवसायी, उद्योग बाणिज्य संघ र सरोकारवाला सवैले साथ र सहयोग गरिदिन आग्रह समेत गरेकी छिन् ।

पत्रकार भेटघाटमा निरौलाकी ८० बर्षकी आमा बाटुलीमाया निरौलाले समेत छोराका हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाहीको माग गरेकी छिन् । खड्का र भरत दंगाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् । गत चैत २१ गते शुक्रवार वेपत्ता भएका निरौला २२ गते शनिवार चारआली जंगलमा मृत भेटिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर