Aamsanchar

झापामा ५० जना नयाँ कोरोना संक्रमित थपिए

Author Image
बुधवार, वैशाख १५, २०७८

 झापा । झापामा बुधवार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १८ महिलासहित ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा २ महिलासहित ७ जना, बिर्तामोडमा ६ महिलासहित १३ जना, मेचीनगरमा २ जना पुरुष, भद्रपुरमा १ महिलासहित ३ जना, कनकाईमा ३ जना पुरुष, अर्जुनधारामा १ जना महिला, बुद्वशान्तिमा १ जना महिला, गौरीगञ्जमा ५ महिलासहित ११ जना, कमलमा २ महिलासहित ४ जना, शिवसताक्षीमा ३ जना पुरुष, बाह्रदशीमा १ जना पुरुष र झापा गाउँपालकामा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

त्यस्तै मृत्यु हुनेमा झापा गाउँपालिका–४ का ५५ वर्षीय पुरुषको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा मृत्यु भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ४८९५, डिस्चार्ज ४५२४, आइसोलेसनमा २३९ जना, कुल संक्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको संख्या १३२ जना पुगेको उनले बताए ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर