

बिर्तामोड । काठमाण्डौंका अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उपचारको लागि एकजना कोरोना संक्रमित विरामीलाई झापाको विर्तामोडमा उपचारको लागि ल्याईएको छ ।
कोरोनाका कारण सिकिस्त बनेका उप्रेती थरका बिरामीलाई झापाको बिर्तामोड स्थित बिएण्डसी अस्तालमा उपचारका लागि ल्याईएको हो । विरामी काठमाडौं स्थित हेम्स अस्पतालबाटर रेफर गरेर बिएण्डसी पठाईएको थियो ।

देशकै सुविधा सम्पन्न अस्पताल मध्येको एक बिएण्डसीमा बुधबार बेलुका ६ बजे ल्याई पुर्याईएको थियो । विरमी बोकेर आएको हेलिकोप्टर अस्पतालको छतमा ल्याण्ड गरिएको थियो । हाल विरामीको उपचार सुरु भई सकेको अस्पतालका प्रवक्ता प्रमिस गिरीले जानकारी दिए ।

Views: 255


