Aamsanchar

१६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय बाबु पक्राउ

Author Image
बिहिवार, वैशाख १६, २०७८

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ स्थित घनचौराका ४० वर्षीय बुवाले छोरीलाई बलात्कार गरेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । १६ वर्षीया छोरीले आफु बुवाबाट बलात्कारको शिकार भएको आरोप लगाएर ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा उजुर गरेकी छिन् । छोरीको उजुरीका आधारमा बुवालाई पक्राउ गरिएको गोरुसिङ्गेका इन्सपेक्टर लिलाराज आचार्यले बताए । गत फागुन र चैतमा छोरीलाई ति पुरुषले घरमै बलात्कार गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर